Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्रीले आज चुनावबारे राजनीतिक दलहरुसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज चुनावबारे राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्नै भएकी छन्।फागुन २१ को निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको हो।

छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै दलहरू रूष्ट थिए।सरकारले दलहरूसँगको संवादहिनता तोड्दै छलफलमा बोलाएको हो। सरकारले निर्वाचनको वातावरण निर्माणका लागि दलहरूलाई पत्राचार नै गरेपछि संसद् पुनर्स्थापनालाई बटमलाइन बनाएको दल नेकपा एमालेसमेत छलफलमा सहभागी हुने भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउनेतर्फ अग्रसर नै नभएको आरोप लगाएका बेला दलहरूलाई सरकारले औपचारिक रूपमै संवादका लागि बोलाएको हो।

सरकारको तर्फबाट राष्ट्रपतिको माध्यममार्फत दलहरूको धारणा बुझ्ने प्रारम्भिक प्रयास भए पनि प्रत्यक्ष संवाद भने ढिलै सुरू भएको छ।सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै प्रमुख दलहरू असन्तुष्ट छन्। जसले गर्दा तोकिएकै मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट