Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राष्ट्रपति पाैडेलकाे आग्रह : दलहरूलाई खबरदारी गरिदिनुस्

राष्ट्रपति पाैडेलकाे आग्रह : दलहरूलाई खबरदारी गरिदिनुस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् ।

छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका हुन्।

छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वागलेले भनेका छन्, 'फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरी संविधानलाई ट्रयाकमा ल्याउन तथा जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न सरकार र राजनीतिक दललाई खबरदारी गरी सकारात्मक वातावरण सिर्जना गर्नु नागरिक समाजको भूमिका भएको राष्ट्रपतिको विचार!'

छलफलमा सहभागीहरू सबैले आ-आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।

राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिशास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल शीतलनिवास पुगेका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट