भरतपुर : भरतपुर ४ पिपलचोकमा अवस्थित सनराइज इङ्लिस सेकेन्डरी स्कुलको इन्टर्याक्ट क्लब र टेक टाइटन्स क्लबको संयुक्त आयोजनामा “एक्सपर्ट क्विज एरेना भोल्युम–१” नामक अन्तरविद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा चितवन र नवलपुरका १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा रत्ननगरस्थित इन्टरनेशनल स्कुल पहिलो, गैडाकोट इङ्लिस स्कुल दोस्रो र नारायणगढस्थित लिटिल फ्लावर इङ्लिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता विद्यालयले रु. २०,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन् भने पहिलो उपविजेताले रु. १२,००० नगद, पदक र ट्रफी तथा दोस्रो उपविजेताले रु. ८,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन्।
कार्यक्रमका मुख्य अतिथि सनराइज इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष श्री हेमराज शर्मा रहनुभएको थियो। त्यस्तै, टाइटल स्पोन्सर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका म्यानेजर श्री विनोद बाबु रिजालले यस्ता शैक्षिक कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सो अवसरमा विद्यालयका १०+२ संयोजक श्री जीवलाल चालिसेले माध्यमिक तहमा यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्नु विद्यार्थीको बौद्धिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रमको सभापतित्व इन्टर्याक्ट क्लबका अध्यक्ष श्री लोकेन कार्कीले गर्नुभएको थियो। प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने आयोजक क्लब र सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय, सहभागी र सहयोगी संस्थाप्रति बिद्यालयका प्राचार्य शिबकुमार बगाले ले धन्यवाद ज्ञापन गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij