Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको थियो: विष्णुप्रसाद जोशी

सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको थियो: विष्णुप्रसाद जोशी

काठमाडौं : काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जेनजी आन्दोलनमा आगजनी भएपछि ललितपुरको भन्दा पहिला काठमाडौं महानगरकै दमकल सर्वोच्चमा पुगेको दाबी गरेका छन् । आज बसेको महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा यस विषयमा प्रश्न उठेपछि उनले जवाफ दिँदै पहिला काठमाडौं महानगरकै दमकल पुगेको जानकारी दिएका हुन्।

उक्त दमकल पुगेको बेला आफू पनि रहेको उनले बताए। तर,बजारमा ललितपुरको दमकल पहिला पुगेको भनेर ट्रोल बनाइएको उनले बताए । उनले भने- ‘भदौ २३ गते पनि सक्दो आगलागी नियन्त्रण गर्‍यौँ,८ बजेर १५ मिनेटमा सिंहदरबार प्रवेश गरेका छौँ,हामीसँग भएको सिसिटिभी फुटेज सम्बन्धित ठाउँमा पठाएका छौँ,२५ गते दमकल सर्वोच्चमा पठाएका हौँ,म आफै थिएँ,हामी पुगेको एकछिन पछि ललितपुरको दमकल आएको हो। तर,बजारमा ट्रोल भयो,यो मिथ्या थियो।’

उनका अनुसार काठमाडौं महानगरसँग त्यतिबेला पाँच वटा दमकल सक्रिय थिए। तीमध्ये दुईवटा सिंहदरबारमा, बाँकी अन्य स्थानमा परिचालन गरिएका थिए।

उनले भने ,ललितपुरको दमकल हामीले नै बोलाएका थियौँ। सहयोगका लागि अन्य निकायलाई बोलाउने नियमअनुसार त्यो गरिएको हो । ‘हिल्टन होटलमा अग्लो स्थानमा आगो लाग्दा पानी हान्न सकिएन। तर बाँकी सबै ठाउँमा हामीले सकेसम्म उद्धार र नियन्त्रणका प्रयास गरेका थियौँ।

उनले स्पष्ट पारे जोशीले सर्वोच्च अदालतमा लागेको आगो निभाउन ललितपुर महानगरको दमकल आएको भनेर गरिएको दाबी पनि असत्य भएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट