Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मेयर बालेनसँग नोकझोकपछि वडाध्यक्षले भने- आगलागी नियन्त्रणमा खटिएका कर्मचारीहरूमा विज्ञताको कमी देखियो, ध्यान दिनुहोस्

मेयर बालेनसँग नोकझोकपछि वडाध्यक्षले भने- आगलागी नियन्त्रणमा खटिएका कर्मचारीहरूमा विज्ञताको कमी देखियो, ध्यान दिनुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले आगलागी नियन्त्रणमा महानगरको जुद्ध वारुण यन्त्रमा खटिएका कर्मचारीहरूमा विज्ञता कमी देखिएको बताएका छन्।

शुक्रबार बसेको महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-११ का वडाअध्यक्ष हिरालाल तण्डुकारले यस्तो बताएका हुन् । वडाअध्यक्ष तण्डुकारले जेनजी आन्दोलनमा आगजनी हुँदा नियन्त्रणमा महानगर नलागेको र यसबारे बैठकमा एजेन्डा नै नआएको बताए।

उनले भने- ‘भदौँ २३ र २४ गते जुन देशमा घटना घट्यो यसको समीक्षा बैठक हुनुपर्थ्यो,भएन, एजेन्डा आउनुपर्थ्यो त्यो पनि आएन। आगलागी भएपछि समयमा दमकल जाने तर त्यहाँ नपुग्ने समस्या छ,केही दिनअघि वडा २० मा भएको आगलागी घटनामा पनि त्यही समस्या देखियो, चालक पनि एक जना रहेको भनियो,मुख्य त जुद्ध वारुण यन्त्रको नेतृत्व गर्ने व्यक्तिमै क्षमता छैन, विज्ञताको कमी देखियो।’

उनले जुद्ध वारुण यन्त्र भक्तपुर, पाटनले व्यवस्थित ढंगले आगलागी नियन्त्रण गर्ने गरेको तर काठमाडौं महानगरभित्र यस्तो संयन्त्र तयार नभएको पनि बताए।

उनले भने- ‘तत्काल विपदमा भक्तपुर र पाटनको जस्तो संयन्त्र तयार हुनुपर्नेमा कमीकमजोरी देखियो,त्यसैले कर्मचारीमा क्षमता विकास गर्नुपर्छ,दमकल व्यवस्थापन गर्नसक्ने दक्ष जनशक्ति पार्किङ हटाउन खटिएका छन्,क्षमता नभएकालाई त्यसमा राखियो,यसमा विशेष ध्यान दिन महानगर प्रमुखलाई आग्रह गर्छु।’

महानगरको ४३औं नगर कार्यपालिका बैठकमा बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गाभाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष तण्डुकार बीच नोकझोक पनि चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट