काठमाडौँ : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गरेको हो । त्यसैगरी सरकारी वकिल समूहका कामु नायवमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता आयोगको सचिवमा पदस्थापन गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij