Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विशेष महाधिवशेनको हस्ताक्षरबारे पूर्णबहादुर : नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौं

विशेष महाधिवशेनको हस्ताक्षरबारे पूर्णबहादुर : नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौं

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन् । कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताए ।

‘मलाइ विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’ खड्काले बैठक सुरु गर्दै भने,‘केन्द्रीय समिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।’

नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने र त्यही दिशामा आफूहरू अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट