काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक अभियन्ता ईः ईःको एक सामाजिक सञ्जाल पोस्टमा कमेन्ट गर्दै उनलाई आफैं नेता बन्न आग्रह गरेका छन्। उनले मिलेर आए ईः ईःलाई अध्यक्ष बनाएर आफू कार्यकर्ता बन्न तयार रहेको बताएका हुन्।
ईः ईःले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओली र बालेन शाहको राजव्यवहारमा फरक नदेखिएको अभिव्यक्ति दिएका थिए। उनले लेखेका थिए – “केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान सक्छन्।”
त्यसै पोस्टमा प्रतिक्रिया दिँदै बालेनले लेखेका छन् – “८० वर्ष पुग्दा पनि आफू प्रधानमन्त्री बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस्, देश चलाउनुस् भनिरको छु त, ई सर। सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस्। म तपाईँलाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस्, म कार्यकर्ता बन्न तयार छु।”
बालेनको यो कमेन्ट सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ र धेरैले यसलाई उनको आत्मविश्वास र खुला नेतृत्व शैलीको उदाहरणका रूपमा लिएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij