Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

गृहमन्त्री अर्यालको भनाइ — भ्रष्टाचार अन्त्य र सुशासन स्थापनामा सरकार दृढ

गृहमन्त्री अर्यालको भनाइ — भ्रष्टाचार अन्त्य र सुशासन स्थापनामा सरकार दृढ

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताएका छन्। गृह मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नवयुवा (जेनजी) क्रान्तिले उठाएको परिवर्तनको आवाजलाई सबैले आत्मसात् गर्नुपर्ने बताएका हुन्।

गृहमन्त्री अर्यालले आन्दोलनले स्थापित गरेको सरकारलाई असंवैधानिक ठहर्याउने प्रयास गम्भीर गल्ती भएको टिप्पणी गरे। उनले भने, “आन्दोलनले विस्थापित गरेका कतिपयले परिवर्तनको मागलाई बेवास्ता गर्दै आन्दोलनरत पक्षलाई बदनाम गर्न खोजिरहेका छन्। वर्तमान सरकार क्रान्तिपछि बनेको हो भन्ने आत्मसात् गर्नुपर्छ।”

उनले विगतमा राज्य संयन्त्रको दुरुपयोग भएको स्मरण गर्दै अब त्यस्तो कार्य दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको बताए। अर्यालका अनुसार राष्ट्रसेवक कर्मचारीलाई निजी काममा लगाउने चलन रोकिएकोले केही असन्तुष्ट समूहले सरकारविरुद्ध भ्रम फैलाउन खोजिरहेका छन्।

गृहमन्त्रीले मुलुकमा शान्ति, सुरक्षा र भयरहित वातावरण कायम गर्न सरकार गम्भीर रहेको उल्लेख गरे। उनले व्यक्तिगत रूपमा कसैलाई सुरक्षा चुनौती भए तत्काल सम्बोधन गरिने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट