Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी

एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी रहने भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ।

बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक परिस्थिति र नीतिसम्बन्धी प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिइरहेका छन्।

गौतमका अनुसार, केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन र संगठन सुदृढीकरण सम्बन्धी विषयमा महत्त्वपूर्ण सुझाव दिएका छन्। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटभित्र आफ्नो धारणा राख्ने समय तोकिएको छ। तीन मिनेटभित्र नसकेका सदस्यहरूलाई लिखित रूपमा सुझाव दिन अनुरोध गरिएको छ।

बैठक भोलिसम्म जारी रहने र त्यसपछि समापन गर्ने तयारी रहेको प्रचार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट