Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जनमतका दुई सांसदले गरे जनस्वराज पार्टीमा सनाखत, सरकार गठनमा कसलाई समर्थन ?

जनमतका दुई सांसदले गरे जनस्वराज पार्टीमा सनाखत, सरकार गठनमा कसलाई समर्थन ?

काठमाडौँ : मधेस प्रदेशमा जनमत पार्टीका दुई जना प्रदेश सांसदले जनस्वराज पार्टीमा सनाखत गरेका छन् । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।

निर्वाचन कार्यालय धनुषामा गएर उनीहरुले सनाखत गरेका हुन् । उनीहरू सनाखत गर्न जाँदा दुई पक्षको बिचमा नाराबाजी भएको थियो । जनमत पार्टी र जनस्वराज पार्टीका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दा दुवै पक्षबिच झडप समेत भएको थियो ।

जनमत पार्टीका १३ सांसद रहेका छन् । त्यसमध्ये दुई जना जनस्वराज पार्टीमा गएपछि जनमत पार्टीसँग ११ सांसद रहेका छन् । यी दुई जनाले कसलाई समर्थन गर्ने भन्ने खुलेको छैन । पाँच वटा दल मिलेर लोसपा नेपालका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन पाँच दलका ५६ जना सांसदले हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।

त्यसमध्ये ५४ जना जितेन्द्र सोनलको पक्षमा रहेका छन् । ती दुई जना अहिले कुनै पक्षमा खुलेका छैनन् । जनस्वराज पार्टीका अध्यक्ष दीपेन्द्र साहले आफ्नो पार्टीले कसलाई समर्थन गर्ने भनेर अहिले निश्चित नभएको बताए ।

उनले भने, ‘हामी कांग्रेस, एमालेलाई समर्थन गर्दैनौँ, त्यो निश्चित हो । तर अहिलेको पाँच दल सम्मिलित गठबन्धनलाई समर्थन गर्ने वा तटस्थ बस्ने त्यस बारेमा निर्णय भएको छैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट