Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

"सामाजिक सञ्जालले होइन, पार्टीले नेतृत्व ठहराउँछ": अध्यक्ष ओली

"सामाजिक सञ्जालले होइन, पार्टीले नेतृत्व ठहराउँछ": अध्यक्ष ओली

ललितपुर  : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता र सङ्गठित नेतृत्वलाई प्राथमिकता दिँदै नेतृत्व हस्तान्तरणबारे निर्णय सामाजिक सञ्जाल होइन, पार्टीको केन्द्रीय कमिटीले गर्ने स्पष्ट पार्नुभएको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टी अझ सुदृढ र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले कुनै ‘सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने’ पार्टी नभएको उल्लेख गर्दै सिद्धान्त, देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका पक्षमा आफूहरू अडिग रहेको बताउनुभयो।

अध्यक्ष ओलीले नेतृत्व छाड्न तयार रहेको तर त्यो विषय सामाजिक सञ्जालको बहसले होइन, केन्द्रीय कमिटीको निर्णयले तय हुने बताउनुभयो। उहाँले भने, “कमिटीले आदेश दियो भने म खुसीका साथ अध्यक्षता त्याग्न तयार छु, तर फेसबुकले भनेको मान्दिनँ। देशलाई अप्ठ्यारो अवस्थामा कमज़ोर बनाउन चाहन्नँ। popularवादको पछि लागेर बाहिर नबोल्नुस्।”

यस्तै, उहाँले नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई पुनः एमालेमा फर्किन पनि आह्वान गर्नुभयो। बैठकमा उहाँले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक असोज ३१ गतेसम्म चल्नेछ र सो प्रस्तावमाथि बैठकले ठोस निर्णय लिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट