Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ । बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले यस्तो बताएका हुन् ।

उनले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने बताए । नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताए । अगाडि भने, ‘हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं ।’

निकासका लागि परिस्थिति हेर्नुपर्ने उनको आग्रह छ । ‘संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ । तर, अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले चुनावको वातावरण बनाउनुपर्छ ।’

तर, त्यही बैठकमा एमालेले भने संसद् पुनर्स्थापनाको माग राखेको छ । यसमा दलहरूले दबाब सिर्जना गर्नुपर्ने बताएको छ । एमालेले त प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेरै टिप्पणी गरेको छ ।

नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । एमालेले दलहरूको साथ खोजिरहेका बेला माओवादीले संविधानको किताब हेरेर अहिले निकास ननिस्कने भन्दै चुनावमै जोड गर्न सुझाएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट