काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको पक्षमा आफूले सकेको दिएको बताएका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका उनले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बनाउनुपर्ने समेत बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij