Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताएका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका उनले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औँल्याएका हुन् ।

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले भने, ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट