Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

सुलीकोट:  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ । गोरखाका चार जना सहिद परिवारमध्ये तीन जना सहिद परिवारलाई राहत वितरण गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका – ३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका – ५ का विमलबाबु भट्ट, गण्डकी गाउँपालिका – ४ का अर्जुन भट्टको परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा सिरानचोक गाउँपालिका – २ सरोज गुरुङको परिवारलाई भने राहत रकम हस्तान्त्रण गर्न बाँकी रहेकाले अबको केही दिनमा राहत उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

सबै मृतकका परिवारलाई १५ लाखको दरले राहत रकम उपलब्ध गराइएको छ, प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक सहायतको दस लाख र काजक्रिया तथा यातायात खर्च बापत पाँच लाख रुपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा काठमाडौँ र चितवनमा मृत्युवरण गरेका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले आफ्नै कार्यालय बोलाएर मङ्गलबार राहत रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट