Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा घर जलाइनु भन्दा दुई दिन पहिले नै प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको आरोप लगाएका थिए ।

सुवेदीले गलत र तथ्यहीन प्रचार गरेर भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दिएको बताइएको छ । संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट