Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजीमा विवाद : राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

जेनजीमा विवाद : राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

काठमाडौं : जेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ।

शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो।

तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंपगिएकाले वार्ता अनिश्चित बनेको हो।

थरिथरी जेनजीका कारण सरकार र राष्ट्रपति हैरान भएका छन्। शनिबार पनि १७ जना सहभागी हुने भनिएकामा २० जना सहभागी भएका थिए। तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरु असली जनेजी भएको दाबीसहित नाराबाजी गरेका थिए।

त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ।

तीनपटक सूची निकालिँदा समेत सबै पक्षको सहमति नहुँदा मन्त्री नियक्ति प्रकृया समेत अन्योलमा परेको छ। हिजो मात्र केही मन्त्रीहरुको सूची नै सार्वजनिक गरिँदा मिराज ढुुंगाना लगायत युवाहरुले विरोध जनाएका छन्।

प्रधानमन्त्रीको टेबलमा दर्जनौँ नाम पुगे पनि साझा व्यक्ति नपठाउँदा नियुक्तिमा समस्या भइरहेको छ। यही बीच सहजीकरणका लागि राखिएको बैठक समेत बस्न नसकेको हो।

जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनैपनि खबर नआएको बताइन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट