Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव : पार्टीमा युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था गरौँ

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव : पार्टीमा युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था गरौँ

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् ।

उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे । उपसभापति गुरुङले भने- ‘यो सकारात्मक छ । किनभने युवाहरूलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरूलाई निश्चित कोटा छुट्ट्याइएको छैन विधानमा । त्यो छुट्ट्याउनुपर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्ट्याउन आवश्यक छ । युवा पङ्क्तिलाई इग्नोर गर्नु हुँदैन । युवाहरूको सहभागिताका लागि केन्द्रीय समितिमा तलदेखि माथिसम्म निश्चित कोटा नै छुट्ट्याउनुपर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्ट्याइएको छ । त्यसै अनुसार युवाहरूको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।’

कांग्रेसका कार्यकर्ताहरू युवाहरूको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट