Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देउवालाई शशांकको आग्रह, ‘तत्काल कार्यवाहक सभापति तोक्नुस्’

देउवालाई शशांकको आग्रह, ‘तत्काल कार्यवाहक सभापति तोक्नुस्’

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न आग्रह गरेका छन्। उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका हुन्।

शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कसैलाई कार्यवाहक सभापतिको जिम्मा दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए।

नेता कोइरालाले भने– ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने— यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन्। र उनले नै मिति तय गर्छन्। मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’

उनले अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट