Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी, वार्तामा बस्न नपाएको गुनासो

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी, वार्तामा बस्न नपाएको गुनासो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएको भन्दै केहि युवाहरुले विरोध जनाएका छन् । वार्ता गर्न सुदन गुरुङको टोलीमात्रै शितल निवास प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोध गरेका हुन् ।

उनीहरुले शीतल निवास अगाडि भेला भएर नाराबाजी समेत गरेका छन् । उनीहरुले आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरेका छन् । प्रहरीले सम्झाउँदा पनि शीतल निवास बाहिरका जेन जीहरु उफ्रिरहेका छन् ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजीको छलफल अहिले शीतल निवासमा छलफल जारी छ । मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको हो । बैठकमा २० जनाभन्दा बढी जेनजी सहभागी भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट