Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रतिनिधि विवादपछि जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल सर्‍यो

प्रतिनिधि विवादपछि जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल सर्‍यो

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तालिका हेरफेर भएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए ।

यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट