काठमाडौँ : नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ।
रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij