Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ७ विदेशी सहित ४४१ जनाको उद्धार

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ७ विदेशी सहित ४४१ जनाको उद्धार

गोरखा : बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७ जना विदेशी नागरिकसहित ४४१ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार असोज २८ गते हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित टोलीले बाढी प्रभावित क्षेत्रबाट उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको हो ।

उद्धार टोलीले डुबानमा परेका स्थानीय बासिन्दाका घरमा रहेका सामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । साथै, प्रभावित क्षेत्रका विभिन्न स्थानमा करिब ७५० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सार्ने कार्यमा नेपाली सेनाको टोली परिचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट