Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

मर्स्याङ्दी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा खुमप्रसाद पन्त चयन

मर्स्याङ्दी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा खुमप्रसाद पन्त चयन

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारस्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा खुमप्रसाद पन्त चयन भएका छन् ।

संस्थाको २६औँ वार्षिक साधारण सभा तथा अधिवेशनले पन्तको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा राधा कँडेल, सचिवमा ज्ञानुदेवी पाण्डे र कोषाध्यक्षमा रीता नेपाल चयन भएका छन् ।

त्यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालीराम कँडेल चयन भएका छन् । समितिको सदस्यमा देवबहादुर गुरुङ र वसन्ती शेरचन रहेका छन् ।

अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचन, पूर्व गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, सहकारीका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, नेपाली कांग्रेसका सभापति विष्णु कुँवर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जितबहादुर थापालगायतको उपस्थिति थियो । कार्यक्रममा सहकारीका ठूलो सङ्ख्यामा शेयर सदस्यहरू पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट