कुरिनटार : मनकामना केबलकार दशैँमा आजदेखि तीन दिन बन्द गरिने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार असोज १५, १६ र १७ गते (महानवमी, विजय दशमी र एकादशीका) दिन केबलकार सेवा बन्द गरिने भएको हो । असोज १८ गतेबाट पुन : नियमित सञ्चालनमा आउने प्रा.लिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij