काठमाडौँ : किसानहरूलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले सुपर कृषक एपले आज आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक कृत्रिम बौद्धिकता (AI) आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ। यो सुविधाले किसानहरूले सामना गरिरहेका कृषि परामर्श सम्बन्धी चुनौतीहरूलाई सहज बनाउँदै उनीहरूलाई तत्काल र भरपर्दो जानकारीमा पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपाली किसानहरूले परम्परागत रूपमा बालीनालीमा देखिने समस्या, मौसमको जानकारी, वा बजार मूल्य जस्ता विषयमा परामर्श लिन कृषि कार्यालय वा प्राविधिक विज्ञहरूमा निर्भर रहनुपर्ने अवस्था थियो। समयमा सही जानकारी पाउन कठिन हुँदा यसले किसानको निर्णय प्रक्रिया र उत्पादकत्वमा असर पार्दै आएको थियो। विगतमा ‘जेटियो कहाँ गयो त्यहीँ भेटियो’ भन्ने भनाइले किसान र प्राविधिकको निकटतालाई जनाए तापनि अहिले कृषि प्राविधिक किसानको खेतमा बिरलै भेटिन्छन। वर्तमान समयमा सूचना प्रविधिको विकासको प्रयोग गरी परामर्शको पहुँचलाई अझ सहज र व्यापक बनाउन सुपर कृषकले यो नयाँ सुविधा किसानको समस्या समाधानका लागि ल्याएको हो।
‘कृषि इन्टेलिजेन्स’ सुपर कृषक एपभित्र रहेको एक च्याट-आधारित प्रणाली हो, जहाँ किसानहरूले आफ्नो कृषि सम्बन्धी कुनै पनि प्रश्न सरल नेपाली वा अन्य भाषामा सोध्न सक्छन्। यस प्रणालीले किसानका प्रश्नहरूलाई तत्काल विश्लेषण गरी निम्न विषयहरूमा सटिक जानकारी र सल्लाह प्रदान गर्दछ:
अझ प्रभावकारी र व्यक्तिगत परामर्शका लागि, प्रयोगकर्ताहरूले एपको ‘कृषि चिना’मा आफ्नो जग्गाको विवरण, लगाएको बाली र मिति अद्यावधिक गर्न सक्नेछन्, जसले गर्दा एआई प्रणालीले उनीहरूको अवस्था अनुसार विशेष सल्लाह उपलब्ध गराउन सक्छ।
सुपर कृषक एपको लक्ष्य प्रविधिको उपयोग गरी किसानहरूलाई सही समयमा सही जानकारी उपलब्ध गराएर उहाँहरूको निर्णय प्रक्रियालाई सुदृढ पार्नु रहेको छ। ‘कृषि इन्टेलिजेन्स’ ले किसान र कृषि विज्ञ बीचको सूचनाको दूरीलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले किसानहरूलाई आत्मनिर्भर बनाउन र कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन मद्दत पुर्याउनेछ।
यो नयाँ सुविधा सुपर कृषक एपको पछिल्लो संस्करणमा उपलब्ध छ र सबै प्रयोगकर्ताहरूले एप अपडेट गरी यसको लाभ लिन सक्नेछन्।
Playstore Link: https://play.google.com/store/apps/details?id=com.krishakapp
—------------------------------------------------------------------------------------------------------------
थप जानकारी:
सुपर कृषक
Email: superkrishak@ghampower.com
Contact Number: 9802300745
https://youtu.be/RqIp4QONQBw© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij