Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

२७.८९ अंकले घट्यो सेयर बजार, ४ अर्ब १२ करोड रुपैयाँको कारोबार

२७.८९ अंकले घट्यो सेयर बजार, ४ अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौँ : बुधबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा झरेको हो । यो दिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बजारमा ३१७ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माथिल्लो मैलुन खोला, सीटी होटल र हिमस्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

बजारमा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको २२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको १७ करोड, हिमालयन रिइन्स्योरेन्सको १३ करोड, सीईडीबी होल्डिङ्सको १२ करोड र शिवम् सिमेन्टको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढ्नु बाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ । बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बिमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बिमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशतले घटेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट