काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ ।बुधबार सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij