Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

३६ घण्टा सडकको बास- न गाँस न सरकारको आस

३६ घण्टा सडकको बास- न गाँस न सरकारको आस

काठमाडौं : मुग्लिङ-नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल नजिकै खसेको पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमा बिचल्लीमा छन् ।असोज ३ गते साँझ साँढे ६ बजेदेखि आज असोज ५ गते बिहान ८ बजेसम्म सडक अवरुद्ध छ।

तुइन खोलादेखि भरतपुर करिब ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिब सय किलोमिटरसम्म सडकमा सवारीसाधन, यात्रु र मजदुरहरू अलपत्र छन् । असोज ५ गते बिहान ७ बजे देखिनै सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने काम सुरू गरेको छ । तर, पहिरो खस्ने क्रम निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको जनाएको छ ।

पहिरो खसिरहेकाले यातायात आवागमन सुचारु हुन अझै समय लाग्ने जनाएको छ । बाटोमा फसेका हजारौँ यात्रुहरू र यातायात मजदुरहरू ठाउँ ठाउँमा समस्यामा परेका छन् । कतिपय स्थानमा यात्रुहरू र सुरक्षाकर्मीबीच वादविवाद भएको छ । सवारीसाधन र सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खाद्यान्न र पानीको समस्यामा छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत साधनको प्रयोग गरी पहिरो पन्छाउँदै आवागमन सुचारु गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष राईले यातायात आवागमन नभएसम्मका लागि विपद्मा परेका यात्रु र मजदुरहरूलाई खानेपानी, खाद्यान्न उपलब्ध गराउन र तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij