Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि

शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँमा पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि यसको असर देखिएको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यो मूल्य वृद्धिले लगानीकर्ता र उपभोक्ता दुवैलाई प्रभावित पारेको छ । सुन र चाँदीको भाउ बढ्दा यसको खरिद-बिक्रीमा पनि प्रत्यक्ष असर पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट