काठमाडौँ : सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पनि पारित भएका छन्। यसका साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गरिएको छ।
सिटिजन्स बैंकको सहायक कम्पनी रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने काम गर्न अनुमति पाएको छ। यस कम्पनीमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको पनि सह-लगानी रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij