Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

कर तिर्ने समय एक महिना थपियो

कर तिर्ने समय एक महिना थपियो

काठमाडौं : सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सहजीकरणका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट