काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा *२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा *२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । *यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij