काठमाडौँ : सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार सुरु हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij