Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

२ लाख ५ हजार नाघ्यो सुनको मूल्य

२ लाख ५ हजार नाघ्यो सुनको मूल्य

काठमाडौँ : सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट