Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तिजको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

तिजको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो । तिजको बेलामा सुनको कारोबार बढी हुने व्यवसायीहरू बताउँछन् ।

मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट