Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

महानिरीक्षकबाट वरिष्ठ कलाकार हरिवंश आचार्यसहितका व्यक्ति सम्मानित

महानिरीक्षकबाट वरिष्ठ कलाकार हरिवंश आचार्यसहितका व्यक्ति सम्मानित

काठमाडौँ, ४ भदौँ : नेपाल प्रहरी श्रीमती संघले आज आफ्नो ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितका समाजसेवीहरुलाई सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाले उहाँहरुलाई दोसल्ला ओढाएर कदलपत्रसहित उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा समाजसेवी उत्तम पुडासैनी र रामबहादुर न्यौपानेसमेत रहनुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै संघले आफ्नो स्थापनाकाल देखिनै मानवसेवा एवम् समाजसेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आइरहेको बताउनुभयो ।उहाँले आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष बसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीन, सामाजिक अभियन्ता कबिता पौडेल पन्त, प्रहरी उपरीक्षक बसुन्धरा खड्का र प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले संघका विभिन्न कार्यहरूमा सहयोग पु¥याउनुहुने संघका पदाधिकारी एवम् प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो ।कार्यक्रममा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij