Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन् : शंकर पोखरेल

राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन् : शंकर पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू कहिल्यै पनि पुराना हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राजनीतिक दलहरू इतिहास हुनसक्ने भए पनि पुराना हुन नसक्ने बताएका हुन् ।

उनले विगतमा राम्रा काम गर्नेहरूबाट सिक्नुपर्ने भन्दै स्कुल अफ डेमोक्रेसीको उद्देश्य पनि त्यही रहेको बताए । ‘नेपालको राजनीतिमा एक प्रकारले पुराना पार्टी र पुरानो नेतृत्व अब काम लाग्दैन भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको देखिन्छ’, उनले भने, ‘त्यो कसले गर्न खोज्दैछ भन्दा नीति सिद्धान्त र विचार केही छैन ।’

उनले राजनीतिक दलहरू इतिहास हुनसक्ने भए पनि नीति र कार्यक्रमका हिसाबले पुराना हुन नसक्ने दाबी गरे । ‘राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन् बरु इतिहास हुन सक्छन्’, पोखरेलले भने, ‘उनीहरू सदैव जीवन्त हुन्छन् किनकि आफ्ना नीतिहरूलाई अद्यावधिक गरिरहन्छन् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij