Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

मन्थली : रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए ।

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij