Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

छ्यालुङ लाक्टाङमा सात घर पहिरोको जोखिममा

छ्यालुङ लाक्टाङमा सात घर पहिरोको जोखिममा

धनकुटा :  पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालसँगै धनकुटाको महालक्षमी नगरपालिका–२ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख धुब्रराज रायाका अनुसार बस्ती मुनिको खेत, जङ्गल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको छ । एक सातासम्म परेको वर्षापछि छ्यालुङ लाक्टाङ गाउँका १३ घरमध्ये ४ घर उच्च जोखिममा परेका छन् । उक्त घरपरिवारलाई तत्काललै सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था देखिएको छ ।

उक्त जोखिम क्षेत्र पहिचानका लागि महालक्षमी नगरपालिकाका नगर प्रमुख ध्रुवराज राया तथा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहितको जिल्ला विपदव्यवस्थापन समितिको टोलीले अनुगमन गरी नजिकैको बालबिकास केन्द्रको भवनमा सार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij