मकवानपुर : पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि बुधबार बिहानबाट सुचारु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा पहिरो खसेर अवरुद्ध बनेको सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक शनिबार बिहानबाट अवरुद्ध बनेको थियो ।
माटो र ढुङ्गासहितको सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेकोमा पहिरो पन्छाएर बुधबार बिहान ८ बजेटबाट सवारी साधन एकतर्फी सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठुला पहिरो आएका कारण आइतबारबाट दुई वटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरिएको थियो ।यसअघि आइतबार बिहानदेखि पुरानो खोलाको बाटोबाट डाईभर्सन व्यवस्था मिलाई सवारी साधन आवतजावत सुचारु गरिएको थियो । पहिरो गएको स्थान दुईतर्फी सवारी साधन सञ्चालन गर्न अझ केही समय लाग्ने जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij