धनकुटा : धनकुटामा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियानअन्तर्गत ग्लाेबल मेघा रक्तदान शिविर सञ्चालन गरिने भएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा र जिल्ला अस्पताल धनकुटाको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्ने भएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाको आयोजनामा जिल्ला अस्पताल धनकुटामा पहिलोपटक यही भदौ ६ गते शुक्रबार बिहान ८ बजे अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन हुन लागेको हो ।
धनकुटा जिल्ला अस्पतालमा हुने सो अन्तर्राष्ट्रिय स्तरको ग्वोबल मेगा रक्तदान अभियानमा धनकुटाका सरकारी कार्यालय, सुरक्षा निकाय, विद्यार्थी, सर्वसाधारणलगायतको करिब एक सयभन्दा बढीले रक्तदान गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटा समाज सेवा प्रभाग संयोजक निर्मला ढकालले अपेक्षा गरिएको बताउनुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको पावन स्मृतिमा ग्लोबल मेगा रक्तदान शिविर सञ्चालन गरी जीवन बचाउन, आशा जगाउन, अपरिचितलाई नयाँ जीवन दिन “एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने अभियानका साथ विश्वभर (अगष्ट २२ देखि २५ अगष्ट) भदौ ६ गते देखि ९ गतेसम्म ग्लोबल मेगा रक्तदान शिविर सञ्चालन गरिने भएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मुख्यालयका सञ्चार सेवा प्रभागका संयोजक रामश्वरम भाइजीले बताउनुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाका सञ्चालिका निर्मला ढकालको सभापतित्व एवम् जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा भएको सर्वपक्षीय छलफल कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डिएसपी प्रेमप्रसाद सिग्देल, भीमदल गण सल्लेरी ब्यारेकका सेनानी मन्दिप राई, राष्ट्रिय अनुसन्धान कार्यालय धनकुटाका रामेश्वर बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्तिथि थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij