धनकुटा : बस्ती मुनिको जमिन धाँजा फाटेर पहिरो चल्न थालेपछि धनकुटाको महालक्ष्मी नगरपालिका २ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालेको छ । बस्ती मुनिको खेत, जङ्गल र अलैँचीवारिबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको महालक्ष्मी नगरपालिकाका प्रमुख धुब्रराज रायले जानकारी दिनुभयो ।एक साता सम्म परेको वर्षा पछि छ्यालुङ लाक्टाङ गाउँका १३ मध्ये उच्च जोखिममा परेका ४ घरलाई तत्कालै सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था छ ।
यसैबिच महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहितको जिल्ला विपदव्यबस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउँको अनुगमन गरेको छ ।
अनुगमन पछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालबिकास केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायले बताउनु भयो । पहिरो जान सक्ने स्थानमा रहेका तीन घर स्थानीयलाई भने सतर्क अवस्थामा रहन जिल्ला विपदव्यबस्थापन समितिले आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij