Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अख्तियारले समाचार स्रोत मागेको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

अख्तियारले समाचार स्रोत मागेको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकाबाट प्रकाशित समाचारको स्रोत मागेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ काठमाडौँ शाखाका अनुसार यही साउन ११ गते ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौँको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी’ शीर्षकको समाचारसँग सम्बन्धित अडियो र साउन १८ गते प्रकाशित ‘७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले पत्राचार गरेको हो।

महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै समाचारको स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म तथा संवैधानिक अधिकार भएको स्पष्ट पारेको छ। पत्रकार आचारसंहिताले समेत स्रोतको गोपनीयता कायम राख्न प्रावधान गरेको स्मरण गराउँदै महासङ्घले अख्तियारले समाचार स्रोत माग्नु पत्रकारिता सिद्धान्त, संविधान र आचारसंहिता विपरीत भएको ठहर गरेको छ।

महासचिव रामप्रसाद दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रिया अनुसार कारबाही गर्ने बाटो हुँदाहुँदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रताविरुद्धको कदम हो। त्यसैले तत्काल पत्र फिर्ता लिई विधिमा फर्कन महासंघ सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij