काठमाडौं : सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन माग गर्दै परेको रीटमा परमादेश जारी गरेको छ ।२०६३ सालमा तत्कालिन नेकपा माओवादी सम्वद्ध २७ जनाको ज्यान जाने गरी भएको सो घटनाको अनुसन्धान अघि बढाउन हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।
उक्त घटनाको छानवीनको माग गर्दै त्रिभुवन साहले रिट दर्ता गराउनु भएको थियो । रीट माथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा परमादेश दिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij