Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

 

काठमाडौँ : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् ।

दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए । यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए । दाहाल समावेशी आयोगमा सरुवा भएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । बजार अनुगमनमा कडाइ गरेपछि निजी क्षेत्रले विरोध गर्दै आएका थिए ।

यसका साथै दाहाललाई असारको पहिलो सातातिर अन्यत्र सरुवा गर्ने चर्चा चलेको थियो । गत साउन २६ गते उनलाई समावेशी आयोगमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij