धादिङ : पर्वहरू सुरु हुँदै जाँदा अण्डाको मूल्य अकासिए पछि उपभोक्ताहरू भने महँगो मूल्य तिरेर नै अण्डा उपभोग गर्न बाध्य भएका छन् । किसानहरूले पाएको यो मूल्य गत सालको तुलनामा पनि निकै राम्रो पाएको बताउँदै दानाको मुल्यमा भने खासै उतार चढाव नआएको बताएका छन् ।अण्डा उत्पादनका लागी विकासे प्रजातिका कुखुरा पालक किसानको सङ्ख्यामा कमी आउनु र भारतीय बजारबाट आयात हुने अण्डा रोकिएका कारण पनि मूल्य राम्रो निकै राम्रो पाएको किसानहरूको आनुमान छ । आजकाल किसानहरूले उत्पादन गरेको विकासे प्रजातिको अण्डा फर्मबाटै प्रति क्यारेट पाँच रुपैयाँसम्म बिक्री हुने गरेको छ । दुई महिना अघिसम्म मुस्किलले चार सयमा बिक्री भएको अण्डामा दुई महिना यता प्रति क्यारेट एक सय रुपैयाँले वृद्धि भएको हो ।
अहिले उपभोक्ताले खुद्रा किन्दा अण्डाको मूल्य प्रति क्यारेट पाँच सय पचाससम्म पर्ने गरेको छ । विभिन्न कारणले गर्दा आजकाल अण्डा उत्पादकका लागी विकासे कुखुरा पालक किसानहरू विस्थापित भएको र उत्पादन तुलनात्मक माग निकै बढेको छ । उपभोक्तालाई धादिङको बजारमा अण्डा किन्दा प्रति अण्डा खुद्रा मूल्य अहिले अठार देखी बिस रुपैयाँसम्म पर्न गएको छ । अहिले अण्डाको वृद्धि भएको मूल्य कायम नै हुने र भारतीय बजारबाट आयात गरिने अण्डामा पुर्णरुपमा रोक लाउने हो भने स्थानीय किसानहरूको आर्थिक अवस्था मजवुद बनाउन ठुलो टेवा पुग्ने छ ।धादिङ जिल्लाभर अहिले अण्डा उत्पादनका लागी ठुला साना गरी एक सय घर परिवार किसानहरूले कुखुराको व्यवसायीक पालन गर्दै आएको तथ्याङ्क पशु सेवा कार्यालय धादिङले उल्लेख गरेको छ । यसको संख्या गत वर्षको तुलनामा केही घटेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij