धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा एक महिला आफ्नी १० महिने छोरीसहित मृत फेला परेकी छिन् । उनीहरू साउन २९ गतेदेखि घरबाट बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरी घर नजिकैको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले दिएको जानकारीअनुसार आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
साउन २९ गतेदेखि छोरीसहित बेपत्ता भएकी आरतीको परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो । खोजी गर्ने क्रममा शनिबार उनीहरूको शव फेला परेको हो । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि टीकापुर अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डगौरा आफ्ना श्रीमान्, सासू र देवरदेउरानीसँग बस्दै आएकी थिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij