काठमाडौँ : सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट उक्त पद पूर्ति गरिने जनाएको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ २१ गतेसम्म तोकिएको छ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने व्यवस्था गरिएको छ।आवेदकहरूले आफ्नो आवेदन गोप्य सिलबन्दी खाममा राखी सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बुझाउनुपर्नेछ।
यस पदका लागि आवश्यक विस्तृत जानकारी, योग्यता, र आवेदन फारम मन्त्रालयको वेबसाइट र दुग्ध विकास संस्थानको वेबसाइटबाट डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij